एमिकस क्युरी पाठकले भनिन्: प्रतिनिधिसभा विघटन संवैधानिक छ, रिट निवेदन खारेज हुनुपर्छ
काठमाडौं - नेपाल बार एशोसिएसनबाट एमिकस क्युरी रहेकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएकी छन् ।
वरिष्ठ अधिवक्ता राघवलाल वैद्यपछि बहस गर्न संवैधानिक इजलासमा उपस्थित भएकी एमिकस क्युरी पाठकले सोधिन् ‘उपधारा ५ अन्तर्गत प्रस्तुत दाबीमा आधार नपुगेर सरकार बन्न नसक्दा काममचलाउ प्रधानमन्त्रीले विघटन गर्न पाउँछ कि पाउँदैन ?’
उनले प्रधानमन्त्रीको दाबी अस्विकृत गर्ने राष्ट्रपतिको निर्णय संवैधानिक रहेको वपन जिकिर गरेकी छन् । ‘मुलुक र संविधान सबै नेपालीको हो। सहि र संविधानसम्मत व्याख्या गरेर उत्तम निर्णय होस् । संविधानले यो यो आधार भनेर नराखेको संविधानको पालक संरक्षकका रूपमा राष्ट्रपतिको विजडम हो। घोषित निर्वाचन विश्वसनिय आधार हो। रिट निवेदन खारेज हुनुपर्छ।’ उनले भनिन् ।
यस्तै, उनले आफ्नै दलको नेतालाई क्रस गरेर अर्कोलाई समर्थन गर्न नमिल्ने पनि बताएकी छन् । ‘बहुलवादमा आधारित दलीय प्रणाली संविधानको संरचना भएको अवस्था, अलग्गै दल आएको अवस्था आए बाहेक आफ्नै दलको नेतालाई क्रस गरेर अर्कोलाई समर्थन गर्न मिल्दैन। दलको निर्णय मान्नुपर्छ।’ उनले भनेकी छन्, ‘ प्रत्येक सांसद स्वतन्त्र छन् भन्ने हो भने संविधानको आधारसंरचना र सिद्वान्तविपरीत हुन्छ। दलको अनुशासनभन्दा बाहिर भनेर व्याख्या गर्न मिल्दैन।’
फेसबुक पेज Like गर्नुहोस