सिंहदरबार प्रवेश गर्न पास नचाहिने व्यवस्था गर्न सचेतक चौधरीको माग
खबर एक्सप्रेस
२०७६-१०-२९ ११:०० मा प्रकाशित
Total Shares: 381
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन्।
पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचय पत्र (नागरिकता) देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने बताइन्।
बुधबार प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘देशको केन्द्र सिंहदरबारभित्र जनताले काम गर्नुपर्ने र भेट गर्नुपर्ने छ। तर भित्रबाट पास दिनुपर्ने अनिवार्य व्यवस्था छ। पास लिने गर्दा धेरै समय जान्छ।’उनले दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने बताइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस