दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०२-०६ ०९:०१ मा प्रकाशित
Total Shares: 296
एजेन्सी - दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर उनकी श्रीमती एजेलिना टोनीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।
माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोनाभाइरसको परीक्षण मे १३ मा गरिएको थियो ।
माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ । हालसम्म दक्षिण सूडानमा २ सय ९० संक्रमित छन् भने चार जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस