फेरि राजा बन्ने सपना नदेख्न ज्ञानेन्द्र शाहलाई योगेश भट्टराईको चेतावनी
खबर एक्सप्रेस
२०८१-११-०८ ०१:१० मा प्रकाशित
Total Shares: 116
सुर्खेत- नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै सचिव भट्टराईले उक्त चेतावनी दिएका हुन् ।
उनले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे।
सचिव भट्टराईले भने,’उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो । फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।’
जनताले फ्याँकिसकेकाे राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ।
दरबार हत्याकाण्ड हामीले गरेको हो र ? भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ

.gif)



फेसबुक पेज Like गर्नुहोस