नेपालमा थप ३ हजार ४५१ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 253
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३४५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २५६६ र एन्टिजेन विधिबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३४ हजार ८३८ र एन्टिजेनबाट ७६ हजार १५ जना पुगेको छ ।
यस्तै, आज थप २४५८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ । निको हुनेको दर ९३.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार २५९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस