आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने
खबर एक्सप्रेस
२०७७-११-१९ ०९:०१ मा प्रकाशित
Total Shares: 342
काठमाडौं - आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाइनेछ ।
सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप दिइनेछ ।
यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने कार्यक्रम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस