गर्भनरमा महाप्रसाद अधिकारीलाई नियुक्त
खबर एक्सप्रेस
२०७६-१२-२४ ०५:१९ मा प्रकाशित
Total Shares: 350
काठमाडौं - सरकारले गर्भनरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ अधिकारीलाई गर्भनरमा नियुक्त गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले गर्भनरका लागि अधिकारीसँगै कार्यवहाक गर्भनर चिन्तामणी शिवाकोटी र पूर्वसचिव राजन खनालको नाम प्रस्ताव गरेको थियो ।
अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गर्नुभएको थियो । भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि भने अधिकारी केन्द्रीय वैंकको उप निर्देशक बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस