माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
हिजो देखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठक आज पनि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बस्न लागेको हो । बैठकमा माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा भइरहेको छ ।
आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ। फागुन १ गते देखी सुरु हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ।
गत शनिबार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाई पदाधिकारीले टुङ्गो लगाएर विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रीय समिति बैठक बोलाइएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस