काठमाडौं,एजेन्सी - बलिउड अभिनेता विक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ । 

उनी ५२ वर्षका थिए । अभिनेता बन्नुअघि उनी सेनामा मेजर थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए । 

जसले कैयौं फिल्महरु र टेलिभिजन सिरियलमा सहायक भूमिका निभाएका थिए । निर्माता अशोक पण्डितले अभिनेताको निधनमा शोक व्यक्त गर्दै 'परिवार तथा आफन्तप्रति हार्दिक समवेदना’, उनले ट्वीट गरेका छन् ।

भारतीय सेनाबाट सेवानिवृत्त भएपछि विक्रमजीतले सन् २००३ मा आफ्नो अभिनय करियर सुरुवात गरेका थिए । उनले ‘पेज ३’, ‘रकेट सिंहः सेल्समेन अफ द ईयर’, ‘आरक्षण’, मर्डर २’, ‘२ स्टेट्स’ र ‘द गाजी अटैक’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।