‘कोभिड-१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन्।
मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।
सभामुुख सापकोटाले भने, “खोप लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको छ ।” नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे ।
अध्यक्ष दाहालले भने, “अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नुु हुुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुुन्छ ।”

.gif)



फेसबुक पेज Like गर्नुहोस