काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेसका खेत-खेतमा पठाउने पानी नरोक्न आग्रह गरेका छन् । 

बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मुख्यमन्त्रीमार्फत् मधेशलाई भन्न चाहन्छु- मलाई मधेशमा पस्न नदिए हुन्छ, तर खेत-खेतमा पठाउने पानी नरोक्नू ।

आफूले मधेसलाई हराभरा बनाउन चाहेको ओलीले बताए । ‘मधेसमा केपीलाई पस्न नदिए हुन्छ तर तपाईंहरुका खेतमा पानी चाहिँ पसाइदिन्छ। तपाईंका सुख्खा खेलाई चिसा बनाइदिन्छ केपीले।’ उनले भने । मुख्यमन्त्री लालबाबु मञ्जमा प्रधानमन्त्रीसँगै थिए ।