संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक
खबर एक्सप्रेस
२०८२-०२-१७ ११:२१ मा प्रकाशित
Total Shares: 26
काठमाडौं-सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।
त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विपक्ष दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस