सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०७-२१ ०१:४५ मा प्रकाशित
Total Shares: 480
काठमाडौं - सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको हो । अहिले घाइते यात्रुको उद्धार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस