काठमाडौं-नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालमा कर तिर्ने संस्कृति नभएको बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले भने,‘राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ । कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन।’

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए ।

उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताए। नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए।