काठमाडौं,एजेन्सी - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित बायर्नले भिएफबी स्टुटगार्टमाथि ४–० को जित हात पारेको हो । 

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्न सफल भए । थप एक गोल सर्ज जिनाब्रीको नाममा रह्यो । खेलको १२औं मिनेटमा अलफन्सो डाभिस सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।  

१८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । २२औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटमै लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको ३०को जित दिलाए । ३९ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा  बायर्न ४-०ले विजयी भयो । 

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ । पराजित स्टुटगार्ड ३६ अंक जोडेर आठौं स्थानमा छ ।