मेडिकल सामान लिन चीन गएका दुवै वाइडबडी जहाज काठमाडौं आइपुगे
खबर एक्सप्रेस
२०७७-०१-०५ ०८:०० मा प्रकाशित
Total Shares: 377
काठमाडौं - मेडिकल सामान लिन चीन गएका नेपाल एयरलाइन्सका दुवै वाइडबडी जहाज काठमाडौं आइपुगेका छन्। नेपाल एयरलाइन्सका जहाज केही समयको अन्तरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
दोस्रो जहाज भने अवतरणका क्रममा ओभरसुट गरिएको थियो। भिजिबीलिटी कम भएको भन्दै पाइलटले अवतरण गर्ने क्रममा जहाज ओभरसुट गरेका थिए। त्यसपछि जहाज पुनः एक चक्कर लगाई अवतरण भएको हो।
यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो। ओम्नी समूहले सरकारलाई बिक्री गर्ने सर्तमा ल्याएका ती मेडिकल सामग्री किन्ने सम्झौताबाट सरकार पछि हटिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस