घरेलु मैदानमा म्यानचेस्टर सिटीको सहज जित
खबर एक्सप्रेस
२०७७-०८-२५ ०८:४३ मा प्रकाशित
Total Shares: 410
काठमाडौं,एजेन्सी - युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि सहज जित निकालेको छ।
इतिहाद स्टेडियममा भएको खेलमा सिटीले मार्सेलीमाथि ३-० गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा फेरन टोरेसले सिटीलाई अग्रता दिलाए। उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
त्यस्तै, ७७ औं मिनेटमा सर्जियो अग्युरोले अग्रता दोब्बर बनाए। उता मार्सेलीका अल्भेरो गोञ्जालिसले खेलको ९० औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा घरेलु टोलीले ३-० को जित निकाल्यो।

.gif)



फेसबुक पेज Like गर्नुहोस