एसीसी ईस्टर्न रिजन टी-२० : नेपालले हङकङसँग खेल्दै
खबर एक्सप्रेस
२०७६-११-१८ ११:०० मा प्रकाशित
Total Shares: 423
काठमाडौं - एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज ९आईतबार० हङकङसंग खेल्दैछ ।
थाईल्याण्डको बैंककमा नेपालले आफ्नो दोस्रो खेल नेपाली समय अनुसार बिहान सवाँ ८ बजेदेखि खेल्ने छ ।
औसत बलिङ र कमजोर ब्याटिङको कारण पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको नेपाल दबाबका साथ मैदान उत्रन लागेको हो ।
नेपाल र हङकङले टी–ट्वान्टीमा मात्र ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४(४ पटक विजयी भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस