डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालबाट हटाइए
खबर एक्सप्रेस
२०७८-०४-१८ ०४:२६ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई त्यहाँबाट हटाएको हो ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा. गौतमलाई मन्त्रालयले जेठ १० गते युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएको थियो ।
डा. गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस