प्रचण्ड सहभागी चुनावी सभास्थल नजिकै बम विस्फोट
खबर एक्सप्रेस
२०७९-०७-३० ०४:१० मा प्रकाशित
Total Shares: 128
काठमाडौं,भोजपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भोजपुरको सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ। भोजपुरको तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभा नजिकै बम विस्फोट भएको हो।
चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड, नेपाली कांग्रेसका प्रवक्ता रामशरण महत भोजपुर जाने कार्यक्रम छ
भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा सुमन श्रेष्ठलाई पक्राउ गरेको छ। उनी आफै बम पड्काउँदा घाइते भएका छन्। बम विस्फोट भएको बेला प्रचण्ड भने कार्यक्रमस्थलमा पुगेका थिएनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस