घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०४-२४ १२:२६ मा प्रकाशित
Total Shares: 258
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार २५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस