काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अब  नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् । 

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ। यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको शान्तिको स्थिति राम्रो देखिएको थियो भने अबको प्यारामिटर धेरै माथि पुगेको छ, त्यसका लागि म विप्लवजीलाई धन्यवाद दिन्छु ।’ 

‘अमेरिका, चीन, भारत भन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको छ,’ उनले भने, ‘यसअघि नै नेपालको शान्तिको स्थिति प्यारामिटर माथि थियो । अब संयुक्त राष्ट्र संघले भरे कस्तो तथ्यांक ल्याउने हो ?’ उनले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएको पनि बताए । 

विप्लव नेतृत्वको नेकपासँग गरिएको सहमातिको ठूलो उपलब्धी त्यहि नै भएको ओलीको भनाइ छ।