काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । 

जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकलाई गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २-० तथा समग्रमा ४–० ले पराजित गर्दै सिटीले क्वाटरफाइन्लको यात्रा तय गरेको हो । 

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा नै दुवै गोल सम्भव भएको थियो । खेलको १२औं मिनेटमा कप्तान केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि १८औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई २-०को जित दिलाए । 

 पहिलो लेगमा सिटीले मोन्चेनग्लाडवाकलाई उसकै मैदानमा २-०ले पराजित गरेको थियो ।