काठमाडौं - काठमाडौंको शंखपार्कमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेका हुन् ।

ती पुरुषको सनाखत हुन बाँकी छ । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।