ललितपुर - नेपाल भ्रमणमा रहेकी अमेरिकाका उपविदेशमन्त्री तथा सार्वजनिक कूटनीति उपमन्त्री सारा बी रोजर्सले ललितपुरस्थित ऐतिहासिक पाटन दरबार स्क्वायरको अवलोकन गरेकी छन् ।

भ्रमणका क्रममा उनले २०१५ को भूकम्पबाट क्षतिग्रस्त १६औँ–१७औँ शताब्दीका दरबार तथा मन्दिरहरूको पुनर्निर्माण र संरक्षण कार्यबारे जानकारी लिएकी थिइन् ।