विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
खबर एक्सप्रेस
२०८०-११-२७ ०८:१३ मा प्रकाशित
Total Shares: 199
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले छिट्टै विश्वासको मत लिने जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । सोही दिन नै विश्वासको मत लिने तयारी भएको उनले बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा एमाले लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस