नेप्सेमा सामान्य अंकको वृद्धि
खबर एक्सप्रेस
२०७८-०४-१७ ०५:१९ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से १.२६ अंकले बढेर हजार ३ हजार ०८१.०७ विन्दुमा पुगेका छ ।
नेप्सेमा आज कूल १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कूल २२६ वटा कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर एक लाख १७ हजार ४९० पटक खरिद–बिक्री भएका थिए ।
आज ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । तर, लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.९८ प्रतिशतका दरले गुमाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस