उपत्यकामा अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने
खबर एक्सप्रेस
२०७७-०५-०३ ०७:५७ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
निषेधाज्ञा शब्द उल्लेख नगरी प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको बैठकले बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म कडाइ गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार यो अवधिमा औषधि, खाद्यवस्तु तथा अतिआवश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन, भने अत्यावश्यक बाहेकका व्यापार बन्द गरिएको छ। त्यसैगरी, निजी र सार्वजनिक यातायात पनि एक साताका लागि बन्द गरिएको छ।



.gif)



फेसबुक पेज Like गर्नुहोस