आईपीएल: बेंग्लोर र हैदरावाद भिड्दै, 'हेड टु हेड'मा कुन बलियो ?
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करण इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शारजहाँ रंगशालामा हुँदैछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको बेंग्लोरलाई सातौं स्थानमा रहेको हैदरावादले चुनौती दिन लागेको हो । आजको खेल जित निकाल्दै बेंग्लोर प्ले अफमा स्थान बनाउने दाउमा रहेको छ । हैदरावाद प्ले अफको झिनो सम्भावना कायम राख्न केन्द्रित छ ।
बेंग्लोरमा विराट कोहलीको नेतृत्वमा एबी डी भिल्लर्स, आरोन फिन्च, क्रिस मोरिस, आडम जाम्पा, मोइन अलिलगायतका उत्कृष्ट खेलाडी छन् ।
हैदरावाद डेविड वार्नरको कप्तानीमा केन विलियन्स, जोन वेरिस्ट्रो, राशिद खानलगायतका अनुभव खेलाडीका साथ मैदान उत्रिदैँछ ।
हेड टु हेडको आंकडा हेर्दा हैदरावाद बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका १६ खेलमा ८ मा हैदरावाद र ७ मा बेंग्लोर विजयी भएका छन् । एक खेल नजिताविहिन भएको छ । पछिल्लो खेलमा बेंग्लोरले हैदरावादलाई १० रनले हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस