नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८१-११-१० ०७:५० मा प्रकाशित
Total Shares: 135
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिने बताएका छन् ।
शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताए ।
उनले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताए । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाई छ ।
उनले जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस