नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ
काठमाडौ - नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध कात्तिक २४ गते कलेजको रकम ठगी गरेको आरोपमा ठगी मुद्दा दायर भएकोले पक्राउ गरिएको हो ।
उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनीविरुद्ध मात्र तीन करोड ७१ लख बढी रकम हिनामिना गरेको आरोप छ ।
नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्षको रुपमा कार्यरत थिए । ठगी मुद्धामा उनीसहित कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, रामरत्न उपाध्याय, उपेन्द्र गौतम र लबराज भट्टराई प्रतिवादी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस