आज थपिए ५५४ जना संक्रमित कुल संख्या १२ हजार ३०९ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-१३ ०४:२६ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - शनिबार ५५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १२ हजार ३०९ जना पुगेको छ । पछिल्लो पटक शनिबार ५५४ जना संक्रमित थपिएका हुन् । यसैगरी, २८३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २८ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस