काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका हुन् ।

बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ, शल्यचिकित्सक प्रा।डा। प्रेम ज्ञवालीले भने ।

ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन ।
नयाँ पत्रिकाबाट