आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने
खबर एक्सप्रेस
२०७९-१०-०२ ०८:१५ मा प्रकाशित
Total Shares: 154
काठमाडौं-पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस