लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार छ, सरकार डराएको देखेर लज्जित भए : रवि लामिछाने
खबर एक्सप्रेस
२०८०-०८-०८ १०:५० मा प्रकाशित
Total Shares: 138
काठमाडौं,बारा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।
बाराको निजगढमा शुक्रबार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो टिप्पणी गरेका हुन् ।
उनले स्वतन्त्ररुपमा हिंडेका नागरिकलाई समाउँदै थुनेको घटना निकै लज्जास्पद् रहेको बताए । लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको भन्दै लामिछानेले सरकार डराएको देखेर आफू लज्जित भएको समेत बताए ।
आफ्नो हातबाट शासनसत्ता फुस्किने र आफ्नो कर्तुत जनताले थाहा पाउने भएका कारण सरकार डराएको सभापति लामिछानेको भनाई छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस