काठमाडौं - उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

जसपा नेपालबाट संघीय सरकारमा यादव र वन तथा वातावरण राज्यमन्त्रीमा सांसद कार्की सामेल थिए।

जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका थिए।