काठमाडौं - भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो । लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ ।

‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।

काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ । 

May be an image of text