त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट: नेपालले आज मलेसियासँग खेल्दै
खबर एक्सप्रेस
२०७८-०१-०९ ११:१९ मा प्रकाशित
Total Shares: 324
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग भिड्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली सहज जितको लक्ष्यसहित मैदानमा उत्रनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले नै पाखा लगाएको थियो । जितविहीन रहेको मलेसिया पनि पहिलो जितसहित सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगिसकेको छ । मलेसिया भने सिरिज बाहिरिएको छ । बुधबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल स्थगित भएपछि मलेसिया बाहिरिएको हो । अब फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस