काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार भएको छ ।
सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा होहल्ला र विरोधसहित उनीमाथि अभद्र व्यवहार गरिएको हो ।
कार्यक्रमस्थलमा होहल्ला र आक्रोश बढेपछि शिक्षामन्त्री पोखरेल सम्बोधन स्थगित गरेर बाहिरिएका थिए ।
उनी शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जनका लागि मधेस प्रदेशमा सुझाव संकलनको लागि पुगेका थिए ।

.gif)


