एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता
खबर एक्सप्रेस
२०७९-०६-११ ०९:०३ मा प्रकाशित
Total Shares: 171
काठमाडौं - एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन् ।
सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस