हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने सत्तारूढ दलको निर्णय
खबर एक्सप्रेस
२०८१-१०-१४ ०८:३५ मा प्रकाशित
Total Shares: 419
काठमाडौं - सत्तारूढ दलहरूको बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । हिउँदे अधिवेशन माघ १८ गतेबाट सञ्चालन हुनेछ ।
संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस