रियलको सहज जित
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा रियलले एइवरमाथि ३१ गालअन्तरको जित निकालेको हो । रियलको जितमा करिम बेन्जेमा, लुका मोड्रिच र लुकास भास्क्वेजले एकएक गोल गरे । यस्तै, एइवरका लागि किकी गार्सियाले एक गोल गरेका थिए ।
खेलको छैटौँ मिनेटमा बेन्जेमाले गोल गर्दै पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा मोड्रिचको गोलबाट रियलले अग्रता दोब्बर बनायो । तर, २८औं मिनेटमा एइवरका किकीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । दोस्रो हाफको ईन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।
रियलको यो लगातार चौथो जित हो । जितसँगै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ । रियल १४ खेल खेल्दै २९ अंकसहित दोस्रो स्थानमा रहेको छ भने २ खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिकोको समान अंक छ । पराजित एइवर १४ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस