बडादसैंको एघारौं दिन आज एकादशी, टीका जमरा लगाई ठुलाबडाबाट आशिर्वाद ग्रहण गरिदै
काठमाडौं - बडादसैंको एघारौं दिन आजपनि मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ । दसैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ ।
पापमा अन्कुस लगाउने विश्वासका साथ आजको दिनलाइ पापान्कुस एकादशी समेत भनिन्छ । आजको दिन ब्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ।
दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ। यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन्।
बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजापाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ। एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फवाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ।
आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ। आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर बिताएमा राम्रो हुने धार्मिक विश्वास छ।
फेसबुक पेज Like गर्नुहोस