आहा रारा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रूट भिड्दै
काठमाडौं,पोखरा - पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्दैछन् । दिउँसो २ः३० बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन् ।
संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।
यता पहिलो सहभागितामै फाइनल पुगेको अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछन् ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर , मिडफिल्डर , वेष्ट स्ट्राइकर र प्रशिक्षकले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस