काठमाडौं,एजेन्सी - कतार विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स बराबरीमा रोकिएको छ । गएराति  घरेलु मैदानमा भएको खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

खेलको १९ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । तर, ५७औं मिनेटमा प्रेसनेल किमपेम्वेले आत्मघाती गोल गरेपछि फ्रान्स बराबरीमा रोकिन पुगेको हो । बराबरीसँगै समूह डीको फ्रान्सले १ अंक जोडेको छ भने युक्रेनको पनि १ अंक रहेको छ ।

यस्तै, समूहकै अर्कौ खेलमा बोस्निया एन्ड हर्जगोभिना र फिनल्यान्डले पनि २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । चार टोलीको समान १ अंक भएपनि बोस्निया, फिनल्यान्ड क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।