काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न थप सावधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।

विश्वमा महामारीको रूपमा अघि बढेको कोरोना भाइरसले नेपालमा पनि महामारीको रूप लिन सक्ने चिन्ता व्यक्त गरेका छन् । आइतबार ट्विट मार्फत डा. भट्टराईले भनेका छन्, एउटै झिल्कोले डढेलो लगाउन सक्छ। देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि आगामी दिन देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले लकडाउन र क्वारेन्टाइन कडाइसँग पालना गर्न र द्रुत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौँ भन्दै उल्लेख गरेका छन् ।

नेपालमा हालसम्म नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।शनिवार तीन जना नेपालीमा कोरोना बिरामी फेला परेका थिए । तीन जना मध्य धनगढीका कोरोना सङ्क्रमितको उनका आफन्तबाट नै सरेको जनाइएको छ । हाल सम्म कोरोना भाइरसका कारण विश्वमा ६४ हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

baburam