काठमाडौं - सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

आगामी आर्थिक वर्ष ०७७/७८ का लागि संसदमा प्रस्तुत बजेटमा अर्थमन्त्री युवराज खतिवडाले सुनकोशी–मरिन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।