गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-१०-१८ १०:२५ मा प्रकाशित
Total Shares: 509
काठमाडौं - कैलालीमा गएराती गुडीरहेको ट्याक्टसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० मा म १ त ५४२ नम्बरको गुडीरहेको ट्याक्टरसँग बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
ट्याक्टरसँग ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस