आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो मनाङ मर्स्याङ्दी
काठमाडौं - मनाङ मर्स्याङ्दी क्लब मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’को पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वाटरफाइनल तथा पहिलो खेलमा मनाङ मर्स्याङ्दी संकटा क्लबसँग १-०ले स्तब्ध बनेको हो । संकटाको जितमा फोफो मालेले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा उनले गोल गरेका थिए । हारसँगै ६ पटकको च्याम्पियन मनाङ भने पहिलो खेलबाटै बाहिरिएको छ । संकटा भने प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (आर)ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस