काठमाडौं - आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।

बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो । बलिउड सुपरस्टार खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।